Odapalika - The Fourth Estate - चौथो अंग
अर्जुनचौपारी गाउँपालिकाले तोक्यो बसभाडा, कुन रुटको कति ?

काठमाडौँ । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको लागि सार्वजनिक सवारी साधनको भाडादर तय गरेको छ ।

जिल्ला भाडा निर्धारण समितिले स्याङ्जा जिल्लाभित्र चल्ने सार्वजनिक सवारी साधनमध्ये पक्की सडकमा बसले प्रतिकिलोमिटर साढे ५ रुपैयाँ र जीपले प्रतिकिलोमिटर ६ रुपैयाँ भाडादर तय गरिएको थियो । यस्तै, कच्ची सडकमा भने बसको प्रतिकिलोमिटर ११ रुपैयाँ र जीपको लागि प्रतिकिलोमिटर १२ रुपैयाँ भाडादर तय गरिएको थियो ।

सोही निर्णयलाई आधार बनाएर गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न रुटको भाडादर सार्वजनिक गरेको हो ।  गाउँपालिकाले साउन ५ गते नयाँ भाडादर तय गरेको छ । गाउँपालिकाले विभिन्न ४५ रुटको भाडादर तोकेको छ ।

यस्तो छ नयाँ भाडादर

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update