Odapalika - The Fourth Estate - चौथो अंग
सेयर बजारमा कर आतंक, ४ मिनेटमा २ प्रतिशतले घट्यो इन्डेक्स

काठमाडौँ । सेयर बजार कर आतंकले प्रभावित भएको छ । मर्जर र एक्वीजीसनबाट प्राप्त भएको सौदाबाजी लाभ र प्रिमियम मूल्यमा निकालिएको थप निस्कासनमा कर लगाउने सरकारी नीतिको कारण सेयर बजारमा समस्या आएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत मर्जर र एक्वीजिसनको सौदाबाजी लाभ र एफपिओको प्रिमियम मूल्यमा कर लगाउने भनेको थियो । सरकारको सो निर्णय विरुद्ध बैंक तथा वित्तीय संस्थाहरु सर्वाेच्च गएका थिर्ए ।

तर, गत विहीबार सर्वाेच्च अदालतको संबैधानिक इजलासले बैंक तथा वित्तीय संस्थाहरुको निवेदन खारेज गरिदिएको थियो । सोही कारण बैंक तथा वित्तीय संस्थाहरुले मर्जर तथा एक्वीजीसनको सौदाबाजी लाभ र एफपिओको प्रमियम मूल्यमा कर तिरका थिए । बैंक तथा वित्तीय संस्थाहरुले १२ अर्ब रुपैयाँभन्दा बढी यस्तो कर तिरको बताइन्छ ।

सोको असर आज सेयर बजारमा परेको छ । बजार खुलेको ४ मिनेट (११ बजेर ४ मिनेट जादासम्म) सेयर बजार मापदक नेप्से इन्डेक्स ३९.७५ अंकले घटेको छ । सो अवधिमा बजार १.९९ प्रतिशतले घटेको हो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update