Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । कला, संस्कृति र सम्पदाको अनुपम स्थलमा रम्न चाहनेहरुका लागि सुन्दर र रमणीय स्थल होे पनौती बजार । 

काठमाडौँ उपत्यकाबाट ३२ किलोमिटरको दुरीमा रहेको पनौती बजार काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा पर्छ । 

१३औँ सताव्दीदेखिको जिवित इतिहास बोकेर गजधुम्म बसिरहेको पनौती अनेकन किम्बदन्दी र सम्पदाको खानी भएपनि करिब एक्लै छ  । 

यद्यपि, लामो इतिहास बोकेको पनौती कला, सम्पदा र संस्कृतिको कारणले मात्र होइन, सौन्दर्यपान गर्नेका लागि एकपटक पुग्नैपर्ने ठाँउ पनि हो । 

पनौतीलाई नजिकबाट बुझ्ने, यहाँका सम्पदा र संस्कृति तथा रहनसहनलाई बुझ्ने– कि यहाँका स्थानीय हुन् कि स्थानीय सरकार । पनौतीलाई बुझ्न स्थानीय सरकार र स्थानीयवासीका कुरा सुन्नैपर्छ, मनन गर्नैपर्छ । 

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी पनौतीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षका विषयमा जति जानकार हुनुहुन्छ, यसको संरक्षण र प्रर्वद्धनमा पनि उत्तिकै खटिरहनु भएको छ । पनौतीलाई चिन्ने र चिनाउने अभियानमा हामीले मेयर भण्डारीसहित स्थानीय र अध्येतासँग पनौती के हो ? पनौतीसँग के छ ? पनौतीलाई कसरी चिन्ने भन्ने जस्ता विषयमा कुराकानीसहितको भिडियो रिपोर्ट तयार पारका छौँ । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update