Odapalika - The Fourth Estate - चौथो अंग
चिसो दिनदिने बढ्दो, सतर्कता अपनाउन विभागको आग्रह 

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागले, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । 

अहिले लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

हिमपात तथा देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update