Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले स्थापना दिवसको दिन पारेर आजबाट बीमा कार्यक्रम लागु गर्ने 

ललितपुर । ललितपुर महानगरपालिकाले स्थापना दिवसका अवसरमा महानगरभित्रका बासिन्दाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ । 

सफाइ अड्डाका रुपमा १९७५ मा स्थापना भएको ललितपुर महानगरपालिकाले आज १०५औँ स्थापना दिवस मनाउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त समारोहको प्रमुख अतिथिका रुपमा निम्त्याएको महानगरले समारोहको तयारी पुरा भएको जनाएको हो । 

समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम राखेको महानगरले स्वास्थ्य बीमाको रजिष्ट्रेसन पनि सुरु गर्ने भएको छ । 

हाल स्वास्थ्य सेवा प्रदान गरिरहेको भवनको संरचना परिवर्तन गरेर बीमितलाई सेवा दिने योजना छ । बीमितले उपचार सेवा भने १ फागुनबाट पाउने जनाइएको छ ।  

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update