Odapalika - The Fourth Estate - चौथो अंग
विद्यार्थी दीक्षित हुँदा काठमाडौँ दिनभर अस्तव्यस्त 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । 

सोमबार दशरथ रंशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौँ उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । 

दिक्षान्त समारोजमा सहभागी हुन हजारौं विद्यार्थी तथा शिक्षकहरु आएकाले ट्राफिक जाम परेको जनाइएको छ । 

त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी छन् । दीक्षान्त समारोहमा १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुदैछन् ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update