Odapalika - The Fourth Estate - चौथो अंग
लक्ष्यअनुसार उठेन भन्सार राजश्व, ५ महिनामा एक खर्ब ६७ अर्ब संकलन

काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अबधिमा लक्ष्यअनुसार भन्सार राजश्ज संकलन नभएको पाइएको छ । भन्सार विभागलाई दिईएको लक्षको तुलनामा ६६.७ प्रतिशतमात्रै भन्सार राजश्व संकलन भएको हो । 

अर्थ मन्त्रालयले ५ महिनामा विभागलाई २ खर्ब ५१ अर्ब ७२ करोड हाराहारीको लक्ष्य दिएकोमा एक खर्ब ६७ अर्ब ७७ करोड रुपैयाँ बराबरको मात्र भन्सार राजश्व संकलन भएको हो । लक्ष्यको तुलनामा पाँच महिनामा विभागले ८४ अर्ब ९५ करोडभन्दा कम राजश्व संकलन गरेको हो । 

चालू आर्थिक वर्षको ५ महिनाको अबधिमा लक्ष्य अनुसार भन्सार राजश्व संकलन नभएपछि गत आवको सोही अबधिको तुलनामा बढी भएको तथ्यांकले देखाउँछ । 

गत आर्थिक वर्ष ०७९/०८० को ५ महिनाको  विभागले एक खर्ब ५७ अर्ब ५७ करोड रुपैयाँ बराबर  राजश्व संकलन गरेको थियो । गत आवभन्दा अहिले १० अर्ब २० करोड बढी राजश्व संकलन भएको हो । 

विभागको तथ्यांक अनुसार ५ महिनाको अबधिमा भैरहवा भन्सारले ३२ अर्ब ४२ करोड, विराटनगर भन्सारले १२ अर्ब ६२ करोड, ६० अर्ब ३३ करोड, सुक्खा बन्दरगाह भन्सार कार्यालयले २० अर्ब ६८ करोड रुपैयाँ बराबरको भन्सार राजश्व असुल गरेका हुन् । 

भारत तर्फका नाकाबाट लक्ष्यअनुसार नै भन्सार राजश्व संकलन भएतापनि चीन तर्फका दुबै नाकामा लक्ष्यको तुलनामा बढी संकलन भएको पाइएको छ । 

तातोपानी नाकामा लक्ष्यको तुलनामा ७१.५ र रसुवा नाकाबाट लक्ष्यको तुलनामा ४१.७ प्रतिशत बढी राजश्व संकलन भएको छ । ५ महिनाको अबधिमा रसुवाबाट आठ अर्ब ४४ करोड र तातोपानी भन्सार कार्यालयबाट चार अर्ब नौ करोड रुपैयाँ बराबरको भन्सार राजश्व संकलन भएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update