Odapalika - The Fourth Estate - चौथो अंग
५ लाख घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ । 

वडा नम्बर ३ का अध्यक्ष तारा कार्कीलाई सेवाग्राहीसँग ५ लाख घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले स्थानीय होटलबाट पक्राउ गरेको उपप्रमुख भोला प्रसाद अधिकारीले वडापालिकालाई बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरेको हो । 

सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत ५ लाख लिएको उजुरीका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीविरुद्ध पटक पटक गुनासो गर्दा भइरहेको पनि अख्तियारको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update