Odapalika - The Fourth Estate - चौथो अंग
अभिकर्तालाई प्रोत्साहन गर्न नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ ५ योजना

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस महिनाका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अभिकर्तालाई प्रोत्साहन गर्न कम्पनीले पुस महिनाका लागि पाँच इन्सेन्टिभ योजना सार्वजनिक गरेको हो । 

५५ हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म प्रथम बीमा शुल्क आर्जन गरेका अभिकर्ताले कम्पनीले सार्वजनिक गरेको योजनामा समावेश हुन पाउनेछन् । 

सार्वजनिक भएको नयाँ योजन अन्तरगत अभिकर्ताहरुले १ लाख रुपैयाँ बरारबरको नयाँ व्यवसाय आर्जन गरेको खण्डमा ‘नेपाल लाइफ विन्डचिटर वा पिक्निक’ इन्सेन्टिभमा १ हजार रुपैयाँको नगद इन्सेन्टिभ वा भ्रमण खर्च पाउँनेछन् ।

२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गर्न सफल अभिकर्तालाई बर्दिया राष्ट्रिय निकुन्ज भ्रमणको ५० प्रतिशत खर्च वा नगद ४ हजार रुपैयाँ, ३ लाख रुपैयाँको व्यवसाय गर्ने अभिकर्ताहरुलाई बर्दिया राष्ट्रिय निकुन्ज भ्रणको ७५ प्रतिशत खर्च वा नगद ६ हजार पाँच सय रुपैयाँको व्यवस्था गरेको छ ।

यस्तै, चार लाख रुपैयाँ भन्दा माथि प्रत्यक प्रथम बीमा शुल्क आर्जन गर्ने बीमा अभिकर्ताहरुलाई थप २ हजार रुपैयाँको इन्सेन्टिभ प्रदान गरिने जनाईएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update