Odapalika - The Fourth Estate - चौथो अंग
नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले थाल्यो उद्योगी–व्यवसायीमाथि कारबाही प्रक्रिया 

ललितपुर । नगरभित्र संचालित उद्योगहरुले नगरपालिकाबाट लिएको अनुमतिपत्र नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले कारवाही प्रक्रिया थालेको छ । 

नगरपालिकाले पुस मसान्तसम्म व्यवसाय तथा उद्योगको नवीकरण नगरे जरिमाना गर्न भन्दै उद्योगी र व्यवसायीलाई पत्राचार गरेको छ । 

सोमबार सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले पुस मसान्तसम्म नगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय नवीकरण नभए १० प्रतिशतका दरले जरिमाना असुल गर्ने भनेको छ । 

‘यस नगरपालिका अन्तरगत विभिन्न वडाहरुमा विभिन्न मितिमा दर्ता गरी सञ्चालनमा रहेका उद्योग व्यवसायहरु हालसम्म पनि नवीकरण गरेको नदेखिएकोले पौष मसान्तभित्र नवीकरण गरिसक्नु हुन यो सूचना प्रकाशन गरिएको छ । आर्थिक वर्ष २०७९/०८० सम्मको उद्योग व्यवसाय चालू आव २०८०/०८१ को पौषमसान्तभित्र नवीकरण नगर्ने उद्योग व्यवसायहरुलाई नगरपालिकाको आर्थिक ऐन बमोजिम आव २०७९/०८० सम्मको नवीकरणमा १० प्रतिशतका दरले जरिवाना लाग्नेछ’, नगरपालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

799a0d48-bf80-4c21-8ea6-f8a413d1a3621702896228.jpg

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update