Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट 

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सेका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा आरम्भ गरे ।

उक्त प्रविधिमार्फत बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोवल आइएमई बैंकको मोबाइल एप ग्लोवल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेण्ट गर्न सक्नेछन् । 

‘भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । जहाँ कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ,’ कार्यक्रममा बोल्दै ग्लोवल आइएमई बैंकका व्यापार प्रमुख प्रकाश पौडेलले भने । उनले प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि बढ्दै जाने बताए ।

यो सुविधासँगै ग्लोवल आइएमई बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोवल आइएमई बैंकको मोबाइल एप ग्लोवल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेण्ट गर्न सक्नेछन् ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update