Odapalika - The Fourth Estate - चौथो अंग
यसरी बित्नेछ तपाईंको आजको दिन 

आजको पञ्चाङ्ग  

तिथिः सप्तमी, नक्षत्रः पू.भा., करणः भद्रा, चन्द्रराशिः कुम्भ    सूर्योदयः ०६ः ५०, सूर्यास्तः १७ः १०, दिनमानः २५ः ५० घटी  राहुकालः दिउँसो ३ः ०० देखि ०४ः ३० बजेसम्म ।  

तपाईको आज 

मेष (चु चे चो ला लि लु ले लो अ) 

सुखद यात्रा हुनेछ । आजको दिन फलदायक छ । सुखद र रमाइलोसँग दिन बित्नेछ । अचानक धनप्राप्ति हुनेछ । 

वृष राशि (इ उ ए ओ बा बि बु बे बो) 

आजको दिन फलदायक छ । मनोरञ्जन भेटघाटमा दिन बित्नेछ । आर्थिक लाभ हुनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह) 

तपाईंको आज भाग्यको ढोका खुल्नेछ । शत्रु परास्त हुनेछन् । यात्रा सुमधुर र रमणीय हुनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)   

विशेष कामले यात्रा हुन सक्नेछ । गरेको कामबाट असन्तोष  होइएला । खर्चिलो दिन रहेको छ । स्वस्थ्यको पनि विशेष ख्याल राख्नुहोला ।  

सिंह (मा मि मु मे मो टा टि टु) 

आजको कार्य सफल हुनेछ । जोश जाँगरले काम बन्नेछ ।  कर्म अनुसारको फल प्राप्त हुनेछ । परिवारको पूर्ण साथ रहनेछ ।  

कन्या (टो प पि पु ष ण ठ पो) 

गरेको कामको जश शत्रुले लिनेछन् । वादविवादमा पर्न सकिन्छ । मन अस्थिर हुनेछ । आज लेनदेन नगरेकै राम्रो । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन आनन्ददायक रहनेछ । कुनै महत्वपूर्ण सामान पाउनु हुनेछ । सन्तानको पूर्णसाथ पाइन्छ । आजको यात्रामा रमाइलो रहनेछ । बोली बिक्नेछ ।  

वृश्चिक (तो ना नि नु ने नो या यि यु) 

आज तपाईंको दिन सुखद देखिन्छ । गरेको कामबाट मान्यजन सन्तुष्ट हुनुहुनेछ । साथीभाइसँग मनोरञ्जनपूर्ण र रमाइलो गरी दिन बित्नेछ ।  

धनु (ये यो भा भि भु ध फा ढा भे) 

समय प्रतिकूल रहेकाले खर्च बढ्नेछ । आजको दिन मनमा खिन्नता आउने देखिन्छ । तपाईंको पराक्रमले काम भने बन्नेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि) 

धनप्राप्ति तथा श्रीप्राप्ति योग देखिन्छ । गुमाएको सामान प्राप्त हुनेछ । भोजभतेर र खानपिनमा समय खर्चिनु पर्नेछ । 

कुम्भ (गु गे गो सा सि सु से सो दा) 

आज घुमफिरको कारणले थकित हुनुहुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । सबैको साथ पाउनुहुने देखिन्छ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची)  

सोचेभन्दा बढी खर्च हुनेछ । लामो यात्रा हुन सक्छ । धैर्यताको साथ लिएर काम गर्नुहोला ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update