Odapalika - The Fourth Estate - चौथो अंग
महाँकाल गाउँपालिकाका ३६ भूमिहीनलाई निस्सा 

ललितपुर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले महाँकाल गाउँपालिकाका भूमिहीन, भुमिहीन दलित र सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरेको छ । 

आयोग जिल्ला समिति ललितपुरका अध्यक्ष श्रीगोविन्द महर्जनका अनुसार गाउँपालिकाका ३६ भूमिहीन, भूमिहीन दलित र सुकुम्वासीलाई निस्सा वितरण गरिएको हो । 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले यसअघि गत जेठ ३१ मा बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेको थियो ।

महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले आगामी चैत महिनाभित्र सबै सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । 

‘सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान भइसकेपछि यस पालिकामा भूमिसम्बन्धी सम्पूर्ण समस्या हल हुनेछ । त्यसपछि कोही पनि भूमिहीन हुने छैनन् । हामी विकासको अर्को चरणमा नयाँ उत्साहका साथ लाग्ने छौँ’, अध्यक्ष केसीले भने ।

महाँकालका उपप्रमुख डोल्मा मायाँ गोलेले भूमि आयोगको सक्रियताका कारण निस्सा वितरण सम्पन्न भएको र आगामी दिनमा पूर्जा वितरणका लागि थप सहयोग, समन्वय र सहकार्य हुने बताइन् ।

भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरे, विज्ञ सदस्य प्रतीककुमार तामाङ, सदस्य सरिना महर्जन, मालपोत कार्यालय प्रमुख ऋषिकुमार दाहाल, नापी कार्यालय ललितपुरका प्रमुख उमेश कुमार, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, महाँकाल  १ बुखेलका वडाध्यक्ष रामप्रसाद घिमिरे, वडा नं २ मानिखेलका वडाध्यक्ष जोनीकुमार न्यासुर, वडा नं ३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुली,  वडा नं ४ कालेश्वरका वडाध्यक्ष कृष्णप्रसाद तिमल्सिना, वडा नं ५ चन्दनपुरका वडाध्यक्ष भूमिनन्द घिमिरे र वडा नं ६ का वडाध्यक्ष विनोदकुमार चौरेल लगायत सो अवसरमा उपस्थित  थिए ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update