Odapalika - The Fourth Estate - चौथो अंग
टुकुचा फर्काउने बालेन अभियान अनि सिउल शहरको उदाहरण

कोरियाको राजधानी सिउल जाने जो कोही पनि आजभोलि च्योङ्ग्एच्योन नदीपार्क घुम्न जान्छन् । सिउलवासी शहरमा आउने पाहुनालाई घुमाउन पर्दा पहिलो प्राथमिकतामा यही वाटर पार्कलाई राख्छन् ।

वास्तवमा सङ्लो पानी विभिन्न रुप आकृति र रंगमा बग्ने पार्क कुनै बेला सिउलमा बग्ने सानो खोला वा भनौ खोल्सो थियो । हाम्रो टुकुचा वा भनु इच्छुमति जस्तै ।

seoul-51690456462.jpg

कुनैबेलाको टुकचामा जस्तै सङ्लो पानी बग्ने अनि समतल क्षेत्रमा फैलिएको यो खोला पनि शहरीकरणसँगै साँघुरिँदै गयो । अनि सँगै बन्दै गयो शहरको फोहोरपानी र विकार बगाउने ढल । टुकुचा खोलाले ढलमतिको उपमा पाएकोे जस्तै ।

अहिलेको सुन्दर वाटरपार्क बनेको यो खोला त्यही ढल बग्ने खोला सङ्लो पारेर बनेको चाहीँ होइन । शहरको बीच गन्हानउने ढल बग्न थालेपछि त्यसबेला सिउल शहरको प्रशासनलाई खोलाको अवस्थाप्रति लज्जा भयो । र, उसले खोला बन्द गर्ने निर्णय ग¥यो । अनि मुनीबाट फोहोर पानी बग्न दिएर खोलामाथि संरचना बनाएर पुर्दै जाने काम भयो ।

seoul-31690456456.jpg

सन् १९५८ ताकादेखि छोप्न थालिएको खोलामाथि २० वर्षसम्म विभिन्न संरचना बन्दै गए । संरचना निर्माणले वृहत रुप पायो– सन् १९७६ मा । त्यसबेला खोलामाथि १६ मिटर चौडाई भएको ५.६ किलोमिटर लामो प्mलाइओभर सहितको सडक निर्माण भयो ।

खोलामाथि बनेको यो सडकलाई दक्षिण कोरियामा विकासको नमुनाको रुपमा हेर्न थालियो ।  दक्षिण कोरियामा आधुनिकीकरणको एउटा उदाहरण बन्यो यो सडक । सिउलको मेरुडण्ड जस्तै बीचबाट गएको यो विशाल सडकसँग कोरिया विकासित हुँदै गएको उदाहरण दिन थालियो । गन्हाउने नदीलाई छोपेर बनेको त्यो सडक विश्वमा नै उदाहरणीय बन्न थाल्यो ।

सन् २००३ मा सिउलले एक जना नयाँ मेयर पायो– ली म्युङ–बाक । उनले एउटा अनौठो योजना ल्याए । त्यो योजना थियो– सडकमुनि लगभग सुख्खा भइसकेको खोला फर्काउने । त्यसकोलागि हजारौ टन निर्माण सामाग्री खर्च गरेर बनाइएको कोरियाकै विकासको उदाहरण मानिएको सडक भत्काउने योजना मेयरको थियो । 

seoul-41690456456.jpg

मेयरको यस्तो योजनामा तत्काल कसैको समर्थन हुने कुरै भएन । चौतर्फी विरोध भयो मेयर म्युङ–बाकको । तर, मेयर आफ्नो अभियानमा लागेरै छोडे । जसको परिणाम दुई वर्षपछि सन् २००५ मा च्योङ्ग्एच्योन खोला फेरि सतहमा देखाप¥यो– सुन्दर ‘वाटर पार्क’को रुपमा ।

फेरि एकपटक च्योङ्ग्एच्योन नदी–पार्क कोरियाको समृद्धिको उदाहरण बनेको छ । कोरियाको राजधानी सिउलको बीच भागमा विभिन्न आकारमा बग्ने खोलासँगैको यो क्षेत्र शहरका वासिन्दा र पर्यटकको रमाउने ठाउँ बनेको छ । 

खोलालाई प्राकृतिक वातावरण फर्काएकोमा तत्कालिन मेयरको अहिले तारिफ हुने गरेको छ । तिनै मेयर ली म्युङ–बाक पछि देशको प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्म बने ।

seoul-21690456453.jpg

अनि फेरि सन् २००८ देखि २०१३ सम्म कोरियाका राष्ट्रपति रहेका ली म्युङ–बाक अकुत रकम घुस लिएको र राष्ट्रको कोष हिनामिना गरेको अभियोगमा २०१८ मा पक्राउ परेर जेल पुगे । 

हाम्रो पुरिएको टुकुचा खोल्दा पनि कुनै त्यस्तै कुनै आकर्षक नदीपार्क बन्न सक्छ होला । खोला छोप्न राणा कालमा बनेको वास्तुकलाको नमुनाको हेर्नको लागि त एक टुक्रा मात्रै काफी होला । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update