Odapalika - The Fourth Estate - चौथो अंग
७५० स्थानीय तहमा स्वास्थ्य बीमा लागु, किन टेरेनन् काठमाडौँका ३ पालिकाले ? 

काठमाडौँ । काठमाडौँ उपत्यकाका ३ स्थानीय तह बाहेक देशभर स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । 

काठमाडौँ जिल्लाभित्रका काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाले भने अझे यो कार्यक्रम सुरु गर्न सकेका छैनन् । 

बीमा कायृक्रम लागु नभएको ललितपुर महानगरपालिकाले समेत महानगर दिवसको अवसर पारेर यो कार्यक्रम सुरु गरिसकेको छ । 

सबै  नागरिकलाई सर्वसुलभ  गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउन भन्दै २०७२ सालदेखि बीमा कार्यक्रम कार्यान्वयनमा छ   । 

बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलकाअनुसार काठमाडौंका ३ स्थानीय तहको प्रथम सेवा विन्दुको निक्र्यैल नभएकाले लागू गर्न समस्या भएको हो । 

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल, निजामती कर्मचारी अस्पतालमा प्रथम सेवा विन्दुबाट रिफर गरेर आएका बिरामीको चाप रहेकाले ती अस्पतालले तीनवटा स्थानीय तहको प्रथम सेवा विन्दु मान्न तयार नभएपछि सेवा सुरु हुन नसकेको बताइएको छ ।

काठमाडौँ महानगर पालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले चाँडै नै महानगरले बीमा कार्यक्रम लागू गर्नका लागि स्वास्थ्य बीमा बोर्डसँग सम्झौताको तयारी गरिरहेको छ । उनले एक साताभित्रै सम्झौता भइसक्ने दबी गरे । 

काठमाडौँ महानगरका ३२ वडामध्ये २४  वडामा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र उपकरण र जनशक्तिको सबै तयारी पूरा गरिसकेको र अन्य वडामा पनि तयारी सुरुआत गरिएको महानगरको भनाइ छ । 

बोर्डमा हालसम्म ७४ लाख बीमित भइसके पनि करिब ४७ लाखमात्र सक्रिय छन् । ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा बोर्डले एक लाखसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउछन् ।

५ जनासम्म परिवारले प्रत्येक वर्ष बीमितबापत ३ हजार ५०० र ५ जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एकजना बराबर थप ७०० रुपैयाँ बुझाएपछि बीमा हुनछ ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update