Odapalika - The Fourth Estate - चौथो अंग
धार्चे गाउँपालिकाको माछिखोला हेर्न ५ लाखका सिसी क्यामेरा 

काठमाडौँ । गोरखा सदरमुकाममा रहेको धार्चे गाउँपालिकाले माछिखोला बजारलाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालेको छ । 

गाउँपालिकाको केन्द्र रहेको माछिखोला बजारमा शुक्रबारदेखि सिसी क्यामेरा जडान गरी निगरानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘माछिखोलामा बजार क्षेत्र विस्तारसँगै सुरक्षाको चुनौती बढेकाले बजारका ७ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ,’ उनले भने । 

अहिले जडान गरिएका क्षेत्रबाहेक आवश्यकताअनुसार अझै बजार क्षेत्रमा क्यामेरा थप गर्दै लैजाने अध्यक्ष गुरुङले बताए । अहिले बसपार्क क्षेत्रमा २ वटा, रेसेखोला क्षेत्र, जनजागृति स्कुल तथा सो क्षेत्रमा रहेको बजारसमेटिने गरी ३ वटा क्यामेरा जडान गरिएको उनको भनाइ छ ।

गाउँपालिका भवन क्षेत्रको उत्तर दक्षिण बजार समेट्ने गरी २ वटा र तल्लो बजार क्षेत्रमा एउटाका साथै पालिका कार्यालयभित्र थप  ४ वटा क्यामेरा जडान गरिएको छ ।

जडान गरिएका सिसी क्यामेरा रातको समयमासमेत स्पस्ट देख्न सकिने क्षमताको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए ।क्यामेरा जडानका लागि करिब ५ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update