Odapalika - The Fourth Estate - चौथो अंग
दूरसञ्चार प्राधिकरणले भन्यो : एनसेलको सेयर बिक्री सम्बन्धी तत्काल जानकारी नगरे लाइसेन्स खारेज गछौँ

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्री सम्बन्धी तत्काल जानकारी नआए लाइसेन्स नै खारेज गरिने जनाएको छ । 

सेयर बिक्री सम्बन्धी यथार्थ जानकारी गराउन पटक पटक निर्देशन दिएपछि वेवास्था गरेपछि प्राधिकरणले लाइसेन्स नै खारेज गर्ने धम्की दिएको हो । 

प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले सेयर खरिद बिक्री सम्बन्धमा यथासक्य छिटो जानकारी दिन सोमबार पत्राचार गरिएको जानकारी दिए । ‘हामीले एनसेलसँग पटक/पटक सेयर खरिद बिक्री सम्बन्धमा जानकारी माग गरेका थियाैँ, पत्रको जवाफलाई वेवास्ता गर्दै जवाफका लागि मात्र पत्र आएपछि हामीले बाध्य भएर कारवाही गर्ने भनेर पत्र पठाएका हाैँ’ उनले भने । 

प्राधिकरणका अनुुसार यसअघि दुई पटक पत्र पठाएर एनसेल खरिद–बिक्रीको बारेमा जवाफ मागिएको थियो । दुई पटक पत्र पठाउँदा समेत चित्तबुज्दो जवाफ नपाएपछि प्राधिकरणले सोमबार तेस्रो पत्र पठाएको हो । 

तेस्रो पत्रबाट समेत चित्तबुज्झौँ जवाफ नआए लाइसेन्स नै खारेजीको चरणमा पुग्ने प्राधिकरणले जनाएको छ । 

एनसेलको ८० प्रतिशत सेयर स्वामित्व हालै स्पेक्ट्रलाइट युकेले खरिद गरेको सार्वजनिक भएको छ । खरिद प्रक्रियाको जानकारी नियामक निकायलाई नदिएको, अस्वाभाविक रूपमा कम मूल्य कायम गरेको, करको दायित्वसम्बन्धी विवाद अदालतमा टुङ्गो नलाग्दै खरिद बिक्री सम्पन्न भएको जानकारी दिएको भन्दै विवाद सुरु भएको छ ।

यस्तै, मंगलबार मिनि संसदको रुपमा रहेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री दाहालले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन् । उनले उक्त शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट पारे ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update