Odapalika - The Fourth Estate - चौथो अंग
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा तराईमा हुस्सु, देशभर चिसो 

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । यस्तै, रातिको समयमा देशका केही भागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update