Odapalika - The Fourth Estate - चौथो अंग
आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले ल्यायो फायरबाइक 

 

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले आगलागी नियन्त्रणका लागि फायरबाइकको प्रयोग गर्न थालेको छ । 

उपमेयर गोपाल हामालका अनुसार २ वटा फायर बाइकमार्फत शहरका साँधुरा गल्लीहरुमा यसले सेवा दिनेछ । 

दमकल नछिर्ने स्थानमा आगो नियन्त्रण लिन समस्या भएपछि महानगरले फायरवाइकको अवधारणा अघि सारेको हमालको भनाइ छ । मोटरसाइकलमै आगो नियन्त्रणका साधान, साइरनलगायत जडान गरेर तालिमप्राप्त व्यक्तिलाई आगालागी नियन्त्रणका लागि खटाइएको उपमहानगरको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update