Odapalika - The Fourth Estate - चौथो अंग
नाडा अध्यक्षका लागि सहमति, विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष थपिने

काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले विधान संशोधन गर्ने भएको छ । मंगलबार साँझ बसेको नाडा सञ्चालक समितिको बैठकले ‘विशेष साधारणसभा’ गरेर विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद थप्ने सहमति गरेको हो । 

नाडा अध्यक्ष धु्रुव थापाले मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको जानकारी दिए । उनले आगामी तीन महिनाभित्र विधान संशोधन गरिने जानकारी दिए । 

यस्तै, मंगलबार पूर्वअध्यक्षहरु सहित बसेको बैठकले नाडाको नयाँ नेतृृत्वमा सहमति जुटाएको छ । दुुई वर्षे कार्यकालका लागि करण चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको हो  ।

अध्यक्षमा चौधरी र नाडाका कार्यकारिणी सदस्य आकाश गोल्छा आकांक्षी थिए । 

उक्त निर्णयसँगै अब नाडाको नयाँ अध्यक्ष करण चौधरी बन्ने छन् । उनि सिजी मोटर्सका कार्यकारी निर्देशक हुन् । त्यसैगरी जिओ फोर्डका कार्यकारी निर्देशक आकाश गोल्छा बरिष्ठ उपाध्यक्ष बन्ने छन् । 

यही पुस २० र २१ मा हुने ४७ औं साधारणसभाबाट चुनिने नेतृत्वका लागि दुवै जना आआफ्नो पक्षमा माहोल बनाउन व्यस्त थिए ।

दुुई समूहले उम्मेद्वारी घोषणा गर्ने तयारी गरेको समयमा नाडा नेतृृत्वले सर्वसहमति गरेको हो । अध्यक्षमा चौधरीलाई निविरोध निर्वाचित गराएसँगै अर्का आकांश गोल्छालाई भने बरिष्ठ उपाध्यक्ष दिने सहमित भएको हो । 

विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने नाडाले निर्णय गरेको हो । 

अब नयाँ कार्यसमिति पनि सर्वसम्त गर्ने प्रयास भइरहेको अध्यक्ष थापाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update