Odapalika - The Fourth Estate - चौथो अंग
कैलाश हेलिकप्टरले घोषणा गर्‍यो लाभांश, नगद र बोनस कति ?

काठमाडौँ । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेड (कैलाश हेलिकप्टर) ले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो । 

मंगलबारको बैठकले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, कम्पनीले उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा दिउँसो साढे २ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update