Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः मधेसबाहेक देशभर दिनभर झरी

काठमाडौँ । मधेस प्रदेश बाहेक देशका सवै प्रदेशमा आज पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार ६ वटै प्रदेशमा दिउँसो आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ ।

काठमाडौं उपत्यकामा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । यो क्रम दिनभर रहनेछ । 

नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update