काठमाडौँ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
आजको बैठकले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । सरकारले गत वर्ष प्रतिक्विन्टल ६ सस १० रुपैयाँ तोकेको थियो । गत वर्षको तुलनामा सरकारले क्विन्टलमा २५ रुपैयाँले मूल्य बढाएको हो ।
कृषि मन्त्रालयको प्रस्तावमा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय भएको छ । यस्तै ५६५ रुपैयाँ प्रतिक्विन्टल उद्योगले दिने गरी न्युनतम खरिद मूल्य तोकेको हो ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १३:२५
प्रतिक्रिया दिनुहोस्