Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु 

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ ।

तराईका थोरै स्थानहरूमा हुस्सु/ कुहिरो लागेको जनाइएको छ । दिउँसो  देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने अवस्था महाशाखाले पूर्वानुमान गरेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update