Odapalika - The Fourth Estate - चौथो अंग
आठबीस नगरपालिकामा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते 

काठमाडौँ । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना  हुँदा  ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि थप ८ जना घाइते भएका छन् । 

गएराति साढे १० बजेको समयमा आठबीस नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की  र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ । 

आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।  

घाइतेरूलाई उद्धार गरेर आठबीसकोटमा रहेको अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । उपचाररत घाइते ८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update