Odapalika - The Fourth Estate - चौथो अंग
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन 

मेष (चु चे चो ला लि लु ले लो अ)

आज रोकिएका काम बन्नेछन् । रमाइलो भेटघाट हुनेछ । परिवारको सहयोगले मन आनन्दित हुनेछ ।आज स्वास्थ्यमाभने समस्या होला ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

मित्रवर्गहरु बिछोडिने छन् । शत्रुको कारण काममा अवरोध होला । खर्चिलो दिन हुनेछ । यात्रा गर्नुपर्नेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह)

तपाईँको आज सोचेजस्तो दिन हुनेछ । परिवारको साथले मन आनन्दित हुनेछ । पराक्रम बढ्ने छ । यात्रादि कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

कुरा काट्नेहरु टन्नै हुनेछन् । गरेको काम बिगार्ने होलान् । भेटघाटको अवसर भने जुर्नेछ । खर्च गर्दा सोचेर मात्र गर्नुहोला ।

सिंह (मा मि मु मे मो टा टि टु)

सन्ततिको खुसी कार्यमा संलग्न भइनेछ । जोश जाँगरले सजिलै काम बन्नेछ । बोलीले अरुलाई प्रभावित पार्नु हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज मातृसुख पाइनेछ । आमाको आशीर्वादले स्थायी श्रीसम्पत्ति प्राप्त हुनेछ । लेनदेनको कारण अलिक व्यस्त रहनु पर्नेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आज भेटघाटमा दिन बित्नेछ । सामान किनमेलमा धन र समय खर्च होला । आजको यात्रामा सुखद हुनेछ । बन्धुहरुसँग सामान्य विचार विमर्ष होला । 

वृश्चिक (तो नानि नु ने नो या यि यु)

आज तपाईँको धन प्राप्त हुने दिन छ । गरेको कामबाट सन्तोष होला । खुसीको खबर सुन्न पाइएला ।  

धनु (ये यो भा भि भु ध फा ढा भे)

सही ठाउँमा दिल खोजेर खर्च गर्न पाइनेछ । समय अनुकूल रहेकाले काम बन्नेछन् । धमकर्ममा तन, मन जानेछ । 

मकर (भो जाजि जु जे जो खा खि खु खे खो गा गि)

आज तपाईँको दिन अनुकूल हुनेछ । भेटघाट र रमाइलो दिन भएपनि खर्च धेरै होला । सोचविचार गरेर मात्र काम गर्नुहोला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

धन खर्च हुनेछ । उपयोगी सामानको खरिद गर्नुहुनेछ । महत्वपूर्ण यात्रा होला । मन भने उत्साहित हुनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन अनुकूल समय छ । भेटघाट र खानपिनमा रमाउने समय छ ।  धैर्यताको साथ लिएर काम गर्नुहोला । मान सम्मान पनि प्राप्त होला ।                   

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update