Odapalika - The Fourth Estate - चौथो अंग
नगरपालिका संघले सरसफाइ सम्मेलन गर्दै 

काठमाडौँ । नेपाल नगरपालिका संघले राष्ट्रिय सहरी सरसफाइ सम्मेलन २०२३ आयोजना गर्ने भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो बताएको हो । 

नेपाल नगरपालिका संघले सहरी वातावरण अन्तर्गत खानेपानी, सरसफाइ र स्वच्छताका विषयहरुमा तीन तहका सरकारबिच समन्वय र नीतिगत पैरवी गर्नका सम्मेलन गर्न लागेको जनाएको छ । 

खानेपानी सरसफाइ र स्वच्छता हामी सबैको साझा विषय भएकाले सबैले साथ र सहयोग गर्नुपर्ने नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए । सम्मेलन एकदिन चल्ने पनि अध्यक्ष ढुंगानाले बताए । उनले दिगो विकास लक्ष्य हासिल गर्न समेत टेवा पुग्नेगरी सम्मेलन आयोजना गर्न लागिएको बताए ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update