Odapalika - The Fourth Estate - चौथो अंग
उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुल्यो

काठमाडौँ । पोखराबाट काठमाडौंका लागि उड्नै लागेको जहाजको ढोका एक्कासी खुलेको पाइएको छ । बिहीबार विहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न भर्न लागेको बुद्ध एयरको जहाज स्टार्ट भइसकेको अवस्थामा इमर्जेन्सी ढोका खुलेको हो । 

उड्न लागेको जहाजको इमजेन्सी ढोला खुलेपछि उडान रोकिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले उडान ६५३ का जहाजको आकस्मीक ढोका उात्रुबाट के कति कारणले खुल्न गएको हो भन्ने बारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीहरुले बुझिरहेको जानकारी दिए ।

‘उडान नं. ६५२ का जहाजको इर्मजेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन् । इर्मजेन्जी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान परिचारिकाले हरेक उडानमा यसबारे ब्रिफिङ गरेका हुन्छन् । हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दैछन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको छ’, उनले भने ।
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update