Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुन नगरबासीले पाउने भए निःशुल्क रक्त सेवा 

काठमाडौँ । नागार्जुन नगरपालिकाका स्थानीयले बिरामी पर्दा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट निःशुलक रगत र रक्ततत्व  सेवा पाउने भएका छन् । 

नगरपालिका र रेडक्रसबीच निःशुल्क रगत दिनेसम्वन्धि सम्झौता भएको छ । यस्तो शुल्क २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको हो ।

यसका लागि नगरपालिका र वडाले रक्तदान शिविर आयोजना गर्न प्रेरित र सहजीकरण पनि गर्नेछ । सम्झौतामा  नगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत  सुमन अधिकारी र रक्तसेवाको तर्फबाट निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गरेका छन् । 

यसअघि भक्तपुरका सबै स्थानीय तह, काठमाडौँमा महानगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिकालगायतसँग निःशुल्क रगत दिने सम्झौता भइसकेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update