Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी  बढे

काठमाडौँ । यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ । 

गएको बर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस बर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३%) छात्रछात्राले ‘ए प्लस’ग्रेड ल्याएका छन् । 

आवेदकमध्ये गएको बर्ष १२५ (३.१७%) जना गयल भए भने यस बर्ष ५० (१.२३%) जना गयल देखिए । यो तथ्याङ्कबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यवहारिक भएको पुष्टि गरेको छ । 

गएको बर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४%) जना थियो । यस बर्ष ४८६ (१२.४२%) पुगेको छ । यो ५१% वृद्धि दर हो । गएको बर्ष ६९७ (१७.६८%) जनाले ‘वीप्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए । यस बर्ष ८०४ (२०.५५%) जनाले ‘बीप्लस’ ग्रेड ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको बर्ष ‘वी’ ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०%) थियो । यस बर्ष ९७४ (२४.९०%) पुगेको छ ।

गएको बर्ष १००४ (२५.४६%) को ‘सीप्लस’ ग्रेड आएको थियो । यस बर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४%) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ %) हो । यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या(–२९ %) ले घटेको छ । गएको बर्ष यस ग्रेडमा ६२० जना (१५.७२%) उत्तीर्ण थिए । यस बर्ष ४३५ (११.१२%) मा घटेको छ ।  

महानगरभित्रका सामुदायिक विद्यालयमा यस बर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्यांकले देखाएको छ ।  

‘गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन ग¥यौँ । गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन ग¥यौँ । उहाँहरुको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ’ महानगर प्रमुख बालेन शाहले भने । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update