काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाले स्थानीयबासीले बालेको बिजुलीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ ।
विद्युत प्राधिकरणले मौलापुर सबस्टेशन अन्तरगत बितरित बिजुलीको पेसा नतिर्ने ग्राहकको लाइन धमाधम काटिरहेका बेला नगरपालिकाले भने स्थानीले घरमा बालेको बिजुलीको पैसा र सिंचाइ प्रयोजनका लागि प्रयोग भएको बिजुलीको पैसा तिरिदिएको हो ।
गत बैशाखदेखि कात्तिक मसान्तसम्मको गरेर नगरपालिकाले २ करोड ६६ लाख ८४ हजार ९१० रुपैयाँ तिरेको हो ।
नगरपालिकाको निर्णयअनुसार सो रकम बराबरको चेक मेयर रिनाकुमारी साहले नेपाल विद्युत प्राधिकरण, मौलापुर वितरण केन्द्रका प्रमुख रामदिनेश प्रसाद यादवलाई हस्तान्तरण गरेकी छन् । नगरपालिकालेले नगरबासीका लागि बिजुली र पानी निःशुल्क गर्ने घोषणा गरेको छ ।