Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले दियो नेपाल बाल संगठनलाई ३० लाख रुपैयाँ 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गरेको छ । 

उपप्रमुख सुनिता डंगोलले सो रकम आज हस्तान्तरण गरेकी हुन् । चालु आर्थिक बर्षमा संगठनको २० प्रतिशत लागत सहभागिता हुने गरी महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ । उपप्रमुख डंगोलले यसमध्येको ३० लाख रुपैयाँ, संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गरिन् ।

रकम हस्तान्तरणपछि बोल्दै उनले भोका बालबालिकालाई भोलि खाउँला भन्न नसकिने भएकाले महानगरले सहयोग गरेको बताइन् । ‘लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नु पर्ने अवस्था हुनुहुँदैन । बाल संगठन व्यवस्थापनको मुख्य दायित्व संघ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ । यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ,’ डंगोलले भनिन् । 

संगठनकी अध्यक्ष न्यौपानेले संगठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको भन्दै आफ्ना क्षेत्रका बालबालिका बाल संगठनको आश्रयमा पुग्नु पर्ने अवस्थाबाट रोक्न पालिका स्तरमा संरक्षण केन्द्र बनाउन, बाल्यकालदेखि संगठनको संरक्षणमा रहेर प्रौढ अवस्थामा पुगेका व्यक्तिलाई अन्य आश्रमहरुमा व्यवस्थापनमा सहयोग गर्न, दुव्र्यसनमा रहेका बालबालिकाहरुलाई सुधार गर्न पुनःस्थापना तथा सुधार केन्द्र निर्माण र सञ्चालन गर्न पालिकाबाट सहयोगको अपेक्षा गरिएको बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update