Odapalika - The Fourth Estate - चौथो अंग
देउसीभैलोको रकम जाजरकोटका भुकम्पपीडितलाई 

ललितपुर । नेप्सेम्याक ग्रुपका कर्मचारीहरुले देउसी भैलो खेलेर संकलन गरेको १ लाख ११ हजार १११ रुपैया रकम जाजरकोट भुकम्पपीडितहरुको लागि हस्तान्तरण गरिएको छ । 

बुधबार नेप्सेम्याक ग्रुपका अध्यक्ष टिकाराम दाहाल नेतृत्वको प्रतिनिधि मण्डलले उक्त रकम ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित मार्फत हस्तान्तरण गरेका छन् । 

रकम हस्तान्तरण गर्दै अध्यक्ष दाहालले भने कर्मचारीहरुले रमाइलो गरेर संकलन गरेको रकम रमाइलो नै गरेर खर्च गर्ने चलन पनि हुन्छ तर देशको अर्को भागमा नागरिकले दुख पाइरहेको बेला हामी कसरी रमाइलो गर्नु बरु यो रकम भूकम्पपीडितलाइ थोरै भए पनि राहत हुन्छ भनेर हस्तान्तरण गरिएको हो । 

सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पण्डितले देश भित्र नागरिकहरुमा भएको सङ्कट आफैलाइ परेको हो भन्ने मानवीय भावना सबै नागरिकमा हुनुपर्ने बताए । नेप्सेम्याकले गरेको सहयोगले अरुलाइ पनि प्रेरित गर्नुपर्नेमा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले बताए । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update