Odapalika - The Fourth Estate - चौथो अंग
तराई–मधेश समृद्धि कार्यक्रमले २२ जिल्लाका स्थानीय तहसँग माग्यो योजना 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको तराई मधेश समृद्धि कार्यक्रमले तराईका २२ जिल्लाका स्थानीय तहलाई आगामी माघ मसान्तसम्ममा पालिकाले संचालन गर्न खोजेका आयोजनाको विवरण पठाउन सर्कुलर जारी गरेको छ । 

यो कार्यक्रम अन्तर्गत तराई र मधेश क्षेत्रका २२ जिल्लाका स्थानीय तहमा पूर्वाधार विकास लगायतका विभिन्न कार्यक्रम संचालन भइरहेका छन् । 

मन्त्रालय अन्तर्गतको यो निकायमार्फत दिइएको बजेटबाट मंसिर मसान्तसम्म पनि आयोजना संचालन नगरेका स्थानीय तहका योजनालाई खारेज गर्ने निर्णय गर्दै त्यस्ता आयोजना भए सो को विवरणसमेत पठाउन स्थानीय तहहरुलाई भनेको छ । 

कार्यक्रमले हालसम्म संचालित आयोजनाहरुको विस्तृत प्रगति विवरणसमेत पुस समान्तभित्र मन्त्रालय अन्तर्गतको समन्वय इकाइमा पठाउन भनेको छ ।

यस्तो छ पत्र 


 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update