Odapalika - The Fourth Estate - चौथो अंग
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो नगरपालिका संघको सरसफाइ सम्मेलन 

काठमाडौँ । १० बुँदे घोषणापत्र जारी गर्दै नेपाल नगरपालिका संघको आयोजनामा राष्ट्रिय शहरी सरसफाइ सम्मेलन सम्पन्न भएको छ ।  

८० भन्दा वढी स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा भएको एक दिने यो सम्मेलनमा सरसफाइका क्षेत्रमा कार्यरत विभिन्न संस्था र व्यक्तिहरुले स्थानयि तहको फाहेोर व्यवस्थापनदेखि खानेपानी समस्या समाधानसम्मका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

संघले जारी गरेको घोषणापत्रमा स्थानीय तहमा खानेपानीको पहुँचका लागि दीर्घकालीन योजना बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । शहरी क्षेत्रमा पानीको उपलव्धतालाई सहज बनाउन ३ वटै तहका सरकारलाई योजना बनाउन सम्मेलनले आग्रह गरेको छ । 

सरसफाइका क्षेत्रमा भएका एक अर्को नगरपालिकाबीचको फोहोर व्यवस्थापनका सकारात्मक अभ्यासलाई जारी राख्ने प्रतिवद्धता जनाएको सम्मेलनले नागरिकलाई ठूला खानेपानी आयोजना राज्यको लगानीमा बन्नुपर्नेमा जोड दिएको छ ।

संघीय तहमा भउको खानेपानी मन्त्रालयको नाम परिवर्तन गरेर यसमा सरसफाइसमेत थप्न सम्मेलनले मागसमेत गरेको छ । स्थानीय सरकारले सरसफाइका क्षेत्रमा काम गरेपनि बजेट कम भएकाले सरसफाई शीर्षमकै स्थानीय तहहरुले पर्याप्त बजेट पाउनुपर्ने घोष्णापत्रमा उल्लेख छ । 

सम्मेलनले फोहोर व्यवस्थापनका क्षेत्रमा संघ र प्रदेशले बनाउने नीति र कानुनमा स्थानीय तहसँग पनि पर्याप्त छलफल गर्नुपर्नेलगायतका विषय घोषणापत्रमा समावेश गरिएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update