Odapalika - The Fourth Estate - चौथो अंग
देशभर चिसो वढ्दो, सतर्क रहन मौसमविद्को आग्रह 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागको मौसम सफा रहने छ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । 

काठमाडौंमा आज बिहान ६ बजे ५ दशमलव ६ डिग्री सेल्सियस तापक्रम  छ । भने दिउँसो १७ देखि १९ डिग्री सेल्सियसम्म रहने विभागले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update