Odapalika - The Fourth Estate - चौथो अंग
धनुलाई सुख, वृश्चिकलाई कष्ट, कन्या र तुलालाई गज्जवको हर्ष 

आजको पञ्चाङ्ग  

तिथिः दशमी, नक्षत्रः अश्विनी, करणः वव, चन्द्रराशिः मेष,   सूर्योदयः ०६ः ५२, सूर्यास्तः १७ः ११, दिनमानः २५ः ५० घटी,  राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म ।  

तपाईंको आज  

मेष (चु चे चो ला लि लु ले लो अ) 

हतारको यात्रा कष्टकर हुनेछ ।  काम गर्दा समस्यामा फस्नु पर्नेछ । साथ भने सबैको रहनेछ । धीर मनले गरेको काम पूरा हुनेछ ।  

वृष (इ उ ए ओ बा बि बु बे बो) 

अचानक धन प्राप्त हुनेछ । नयाँ नयाँ काम गर्न मन लाग्नेछ । खुसीको खबर सुन्न पाइनेछ । दिउँसोदेखि खर्च बढ्नेछ । यात्रामा कठिनाइ होला ।   

मिथुन (का कि कु घ ङ छ के को ह) 

आपूmभन्दा ठूलाको सल्लाहमा काम होला । मनमा अनावश्यक सोचाइ आउला । संयमताको आवश्यक देखिन्छ । धनप्राप्तिको योग भने रहेको छ ।   

कर्कट (हि हु हे हो डा डि डु डे डो) 

गरेको कामले सफलता पाउला । आज नयाँ कार्यको थालनी गर्दा राम्रो होला । स्वस्थ्यमा पनि गडबडी हुनेछ । यात्रा कठिन हुनेछ ।  

सिंह (मा मि मु मे मो टा टि टु) 

भाग्यले पूर्ण साथ दिनेछ । झिनामिना कुरामा अल्मलिने समय छैन । आपूmले गरेको काममा सफल हुनुहुनेछ । आफन्त इष्टमित्रको प्रशस्तै सहयोग पाइनेछ । 

कन्या (टो प पि पु ष ण ठ पो) 

तपाईँको आज कर्म क्षेत्र कमजोर छ । धन र समय खर्चिनु पर्नेछ । यात्राको अवसरलाई सदुपयोग गर्नुहोला ।   

तुला (र रि रु रे रो ता ति तु ते)  

परिवारको पूर्ण साथ रहनेछ । तपाईँको प्रशंसा गर्नेेछन् । भाग्यले पूर्ण साथ दिनेछ । चञ्चल मनलाई सम्हालेर काम गर्नु उचित हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु) 

आजको दिन कष्टमय समय रहेको छ । हरेक काममा बाधा अड्चन आउनेछन् । नसोचेको ठाउँमा धन खर्च हुनेछ । अरुले काममा बाधा दिनेछन् । 

धनु (ये यो भा भि भु ध फा ढा भे) 

धनु राशिका लागि आज सुखप्राप्तिको योग छ । नयाँ कार्यको थालनी गर्दा राम्रो हुन्छ । सबैको मन जित्न सकिनेछ ।  

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि) 

आजको दिन आफन्तसँग मनमुटाव हुनसक्छ । बोल्दा वा कामगर्दा विचार गर्नु पर्नेछ । खानपिनमा सतर्क रहनु होला । स्वस्थ्य समस्या हुनसक्छ । 

कुम्भ (गु गे गो सा सि सु से सो दा) 

पराक्रम बढ्नेछ । तपाईँको विचारको सम्मान हुनेछ । मनोरञ्जनका साथ दिन बित्नेछ । आकस्मिक धनागम हुने योग छ । 

मीन (दि दु थ झ ञ दे दो चा ची)  

आजको दिन गरेको काम पूरा हुनेछ । आवश्यक योजना बनाउन सकिनेछ । धन सम्पत्तिको बृद्धि हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update