Odapalika - The Fourth Estate - चौथो अंग
तोकिएको भन्दा फरक पोशाक किन्न बाध्य पार्ने विद्यालय अब महानगरको कारबाहीमा 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाडपर्व र विभिन्न प्रतियोगिताको नाममा विद्यालयहरुले तोकिएको भन्दा फरक पोशाक किन्न अनिवार्य गरेको भन्दै यसतो कार्यमा संलग्नलाई कारबाही गर्ने भएको छ । 

निजी विद्यालयहरुले विद्यालयले तोकेको अतिरिक्त स्पोर्ट, सांस्कृतिक कार्यक्रम, क्लवअनुसारको लगायत भन्दै तोकिएको भन्दा पृथक पोशाकहरु किन्न विद्यार्थीलाई वाध्य पार्दै आएका थिए । 

महानगरको शिक्षा शाखाले अनुगमनका क्रममा एक विद्यालयले ३ भन्दा बढी प्रकारका पोशाक विद्यार्थीर्लाृ किन्न बाध्य पारेको भेटेपछि तोकिएको एउटा भन्दा वढी पोशाक किन्न बाध्य पार्ने विद्यालयमाथि कारवाही गर्ने भनेको छ ।

काठमाडौ महानगरपालिकाभित्र संचालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न वाध्य पारेको गुनासो प्राप्त भएको छ,’ महानगरका शिक्षा अधिकारी सिताराम कोइरालाले भनेका छन्, ‘तोकिएको भन्दाबाहेकको पोशाक किन्न बाध्य पारेको भेटिए प्रचलित कानुन बमोजिम सजाय गरिनेछ ।’

विद्यालयहरुले पछिल्ला दिन क्रिसमस ड्रेस भन्दै विद्यार्थीलाई विद्यालय हाताबाटै नयाँ पोशाक किन्न वाध्य पारेपछि अभिभावकहरुले महानगरमा गुनासो गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update