काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मनत्री अनिता देवीले मन्त्रालय सम्हालेको शुक्रवार १०० दिन पुगेको छ । उनले मनत्रीका रुपमा १०० दिनमा आफुले ३३ वटा काम गरेको फेहरिस्त प्रस्तुत गरेकी छन् ।
जसमा उनले अमेरिका र चीनसँग अर्जुनधारा र भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न सहजीकरण गरेकोदेखि लिएर कानुन निर्माण र संसोधनदेखि मापदण्ड निर्माणसम्मलाई उपलव्धिका रुपमा व्याख्या गरेकी छन् ।
उनले मन्त्रालय सम्हालेपछि स्थानीय सरकार संचालन ऐनलाई संसोधन गर्ने विधेयकको मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गरेकी छन् ।
मन्त्रीले अनिता देवीले प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्वन्धि मापदण्ड बनाउँदै गरेको र सो अन्तिम चरणमा रहेकोलाई पनि १०० दिनको उपलव्धि भनेकी छन् ।
यस्ता छन् उनले दाबी गरेको उपलव्धिहरु