Odapalika - The Fourth Estate - चौथो अंग
खुला गायन प्रतियोगिताको उपाधि युनाइटेड युनिर्भसललाई

काठमाडौँ । टाइमलाइन स्कुलले आयोजना गरेको तेस्रो स्व.गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगितामा युुनाइटेड युनिर्भसल स्कुुल प्रथम भएको छ । टाइमलाइन स्कुलमा शनिबार भएको प्रतियोगितामा सहभागी ३२ वटा विद्यालयलाई पछि पार्दै युनिर्भसलले उपाधि हासिल गरेको हो । 

विद्यालयका प्रधानाध्याापक रामप्रसाद बडालले गायनतर्फ, गीतकारतर्फ र सङ्गीततर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कारका साथमा सम्मान पत्रले सम्मान गरिएको जानकारी दिए । 

उनका अनुसार उक्त प्रतियोगितामा अक्षरा स्कुुल दोस्रो, हिमरश्मी हाइ स्कुुल तेस्रो, बसुुन्धरा नेशनल एकेडेमी चौथो, पाँच पोखरी मोडल स्कुल पाँचौँ र होपभ्याली स्कुल छैठौँ भएका हुन्। 

यस्तै, गीतकारतर्फ नव ुसुन्ताखान प्रथम, गोकर्णेश्वर लाइट एकेडेमी दोस्रो र रिलायन्स इन्टरनेशनल स्कुुल तेस्रो भएका थिए । सङ्गीतकारतर्फ सर्वनाम शिक्षालय प्रथम, समता स्कुुल दोस्रो र ग्रिनतारा स्कुुल तेस्रो भएका थिए । 

मकक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्ने उक्त प्रतियोगितामा स्वदेशी गान अर्थात देशभक्तिले युक्त गीतलाई प्राथमिकतामा राखिएको थियो ।

गायन प्रतियोगितामा प्रथम हुनेले ८ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र, द्धितीय हुनेले ६ हजार, तृतीय हुनेले ४ हजार र सान्त्वना हुनेले २ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

यस्तैगरी, संगीत र गीतकारतर्फ प्रथम हुनेले २५/२५ सय, द्धितीय हुनेले २ हजार र तृतीय हुनेले १५ सय रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update