Odapalika - The Fourth Estate - चौथो अंग
आज ९ बजेबाट राहुकाल, कुन राशिलाई कस्तो फल?

तिथिः द्धादशी, नक्षत्रः भरणी, करणः बणिज, चन्द्रराशिः मेष,  सूर्योदयः ६ः ५३,  सूर्यास्तः १७ः १२, दिनमानः २५ः ५० घडी, राहुकालः बिहान ०९: ०० देखि १०ः ३० सम्म । 

तपाईको आज 

मेष (चु चे चो ला लि लु ले लो अ) 

आफ्नो बुद्धिको पूरा उपयोग हुनेछ । यात्राले थकानको अनुभूति हुनेछ । बोलीले काम बन्नेछ । जिम्मेवारी सम्हाल्नु पर्ला ।  

वृष (इ उ ए ओ बा बि बु बे बो) 

आज तपाईँको पराक्रम घट्नेछ । बन्धुबान्धवको सहयोग नपाइएला । स्वस्थ्यमा समस्या हुनेछ । खर्च बढ्नेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह) 

धनप्राप्तिको योग रहेको छ । आयआर्जन राम्रो होला । कुटुम्बसँग भेटघाट हुनेछ । उत्साह र उमंगले काममा उर्जा दिनेछ ।  

कर्कट (हि हु हे हो डा डि डु डे डो) 

तपाईले सोचेजस्तै दिन आज हुनेछ । आफन्तको सुझाव उपयोगी सिद्ध हुनेछ । मनोरञ्जन कार्यमा सरिक भइनेछ ।  

सिंह (मा मि मु मे मो टा टि टु) 

आज भाग्यले पूरा साथ दिनेछ । बसेको स्थान छोड्नु पर्नेछ । शत्रु परास्त हुनेछन् । शुभ दिन होला ।  

कन्या (टो प पि पु ष ण ठ पो) 

आज तपाईँको खर्चिलो दिन रहेको छ । धनसम्पत्तिको नोक्सान हुने देखिन्छ ।  यात्रामा निस्किनु पर्ने हुनसक्छ ।  

तुला (र रि रु रे रो ता ति तु ते)  

आजको दिन परिवारको साथ सहयोगले कार्य सफल हुनेछ । शरीरमा स्पूmति आउँनेछ । सुखद् अनि परिवारिक भेटघाट हुनेछ ।  

वृश्चिक (तो ना नि नु ने नो या यि यु) 

आजको दिन शत्रुले काम बिगार्न सक्नेछन् । शत्रुहरु सलबलाउने छन् । अनावश्यक सोचाइमा मन जानेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे) 

आजको दिन तपाईँको अनुकूल छ । कसैसँग मनमुटु जोडिन सक्छ । आप्mनो तर्कले अरुलाई परास्त गर्न सकिनेछ ।  

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि) 

नरमाइलो तथा उराठलाग्दो दिन होला । आत्मविश्वासका साथ काम गर्नुपर्ला । नयाँ कामको शुरु गरिनेछ । 

कुम्भ (गु गे गो सा सि सु से सो दा) 

शत्रु बलियो रुपमा देखिनेछन् । सतर्क भएर काम गर्नु पर्नेछ । परिश्रमपूर्वक गरेको कामबाट लाभ होला । मान सम्मानमा आँच आउला ।  

मीन (दि दु थ झ ञ दे दो चा ची)  

सन्तानबाट सुख हुनेछ । सिद्धिप्राप्तिको योग रहेको छ । तपाईँको भावनाको कदर हुनेछ । आयको क्षेत्र सन्तोषजनक हुनेछ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update