Odapalika - The Fourth Estate - चौथो अंग
बाँझो फोड्न भीमदत्तका कृषकलाई अनुदानमा ट्रयाक्टर 

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर ७ हल्दुखालका कृषकलाई अनुदानमा हाते ट्रयाक्टर दिएको छ । संघीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्रयाक्टर पाएका हुन् ।

पूर्वसांसद डा दीपकप्रकाश भट्टले हल्दुखालका ३५ किसानलाई ट्रयाक्टर हस्तान्तरण गरेका छन् । भीमदत्त नगरपालिका वडा नं ७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत किसानको लागतमा हाते ट्रयाक्टर वितरण गरिएको बताए । ‘पहिलोपटक ३५ जना किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । यो ट्रयाक्टर किसानले आधा सहुलियतमा पाएका छन् । कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको हो,’ उनले भने ।

अनुदानमा ट्रयाक्टर पाएपछि किसान पनि खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्रयाक्टर पाएपछि निकै सहज हुने भीमदत्त नगरपालिका–७ का स्थानीय खेमराज भट्टले बताए ।

किसानले अनुदानमा १ लाख २५ हजारको लागतमा ट्रयाक्टर पाएका हुन् । बजारमा ३ लाखसम्म पर्ने ट्रयाक्टर आधा मूल्यमा पाउँदा कृषकले राहत महसुस गरेको बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update