Odapalika - The Fourth Estate - चौथो अंग
क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा !

काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन भन्दै ३ दिन सार्वजनिक बिदा दिएको छ । 

गत ५ पुसमै सार्वजनिक सूचना जारी गरेर गाउँपािलका अध्यक्ष राजकुमार मल्लले भनेका छन्, ‘इसाई धर्मावलम्बीको उल्लेख्य बसोबास रहेको यस राक्सिराङ गाउँपालिकाभित्र पर्ने सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था र बैंक वित्त संस्था पुस ८, ९ र १० गते अर्थात डिसेम्बर २४, २५ र २६ तारिख ३ दिन विदा दिने निर्णय भएकाले उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण  संस्था र बैँक एवं बित्तीय संस्था बन्द रहने व्यहोरा अवगत गराइन्छ । 

आज क्रिसमस इभका रुपमा मनाइन्छ भने भोलि अथाएत ९ पुसमा क्रिसमस डे हो । १० पुसमा भने उधौली  पर्व र यः मरी पुन्हि (ज्यापु दिवस) परेको छ । 

Chrishmas1703384599.jpg

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update