Odapalika - The Fourth Estate - चौथो अंग
७ महिनापछि लुम्बिनी सरकारमा थपिए २ मन्त्री, आज शपथ 

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्र र आफ्नै दल नेपाली कांग्रेसबाट थप १–१ जनालाई मन्त्री बनाएका हुन् । 

माओवादी केन्द्रबाट कृष्णा केसी र कांग्रेसबाट रोज राणा भनेर चिनिने सरोज थापा मन्त्री नियुक्त भएका छन् । आइतबार विहान ९ बजे उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री सन्तोष पाण्डेयले जानकारी दिए । 

उनका अनुसार मुख्यमन्त्री चौधरीले बाँकेकी केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने प्युठानका थापालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रायलयको जिम्मेवारी तोकिएको छ । 

गत जेठमा ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका चौधरीले २ जना मन्त्री थपेपछि अब मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ । 

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update