Odapalika - The Fourth Estate - चौथो अंग
जातीय भेदभावविरुद्ध अभियान चलाउन निगरानी सञ्जाल

काठमाडौँ । जातीय भेदभाव र छुवाछुतविरुद्ध सामाजिक अभियान सञ्चालन गरिरहेका मित्र परियारको जात निगरानी सञ्जाल गठन गरेका छन् । दलित आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउने भन्दै परियारले आफ्नै नेतृत्वमा सञ्जाल गठन गरेका हुन् । 

अक्सफोर्ड युनिभर्सिटीबाट पढाई पूरा गरेका गोरखा परियार यसअघि लण्डनमा किंग्स्टन युनिभर्सिटीमा अध्यापन गराउँथे । गाउँमा हुँदा जातीय विभेद खेपेका उनी डायस्पोरामा समेत विभेदको साङ्लोले नछोडेपछि नेपाल फर्किएर त्यसका विरुद्धको अभियानमा लागेको बताउँछन् । 

शनिबार काठमाडौंमा भएको एक भेलाले सञ्जालको उपाध्यक्षमा दुर्गा विक (बाँके), महासचिवमा मनिराम भुल (बैतडी), र कोषाध्यक्षमा जयन्ती सुनार (जाजरकोट) लाई चयन गरेको छ । 

त्यस्तै, सदस्यहरूमा पार्वती दर्जी (मोरङ), सुब्बा सहदेव पासवान (रौतहट), सहदेव परियार (जाजरकोट), नरबहादुर परियार (सल्यान), कपुर विक (बाजुरा), दिपेश रत्न परियार (चितवन), बसन्त परियार (बाँके) चयन भएका छन् । 

सञ्जालले ७७ वटै जिल्लामा शाखा कमिटीहरू गठन गर्ने र जातीय भेदभावविरुद्ध अभियान चलाउने तयारी छ । ‘सञ्जाल लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षधर संगठन हो । तर यो कुनै राजनीतिक दलसँग आवद्ध हुदैन । हामी चुनाव लड्ने पनि होइन,’ उनले भनेका छन्, ‘हामी स्वतन्त्ररुपमा जातीय भेदभाव र दलित समुदायको शशक्तिकरणकालागि काम गर्छौँ ।’

सञ्जालले देशभरि जातीय भेदभावजन्य घटनाको निगरानी राख्ने, त्यस्ता घटनाहरूको रेकर्ड राख्ने र सूचना प्रसार गर्ने, जातीय अपमान र हिंसाका घटनामा कानूनीरुपमा न्यायका लागि पहल गर्ने लगायत काम गर्नेछ । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update