Odapalika - The Fourth Estate - चौथो अंग
अन्नपूर्ण गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु 

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा पोखरेबगरमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका छन् । 

प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका ३०० जना खेलाडीहरुले सहभागिता जनाएका छन् । कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १५÷१५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयले ५० हजार रुपैयाँ, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । 

आयोजकका अनुसार दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र दिइनेछ । भलिबल, कबड्डी र एथलेटिक्सका तर्फ प्रथम हुने विद्यालयलाई ५ हजार रुपैयाँका दरले पुरस्कार दिइनेछ । 

प्रतियोगिताको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा,अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलगायतले शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update