Odapalika - The Fourth Estate - चौथो अंग
छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी 

झापा । विर्तामोड नगरपालिकाले नगरपालिकाभित्र संचालनमा रहेको संस्थागत (वोर्डिङ) स्कुललाई छात्रवृत्ति विवरण पेश गर्न ७ दिनेको समय दिएको छ । 

नगर शिक्षा ऐनअनुसार वोर्डिङ स्कुलहरुले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था छ । 

शैक्षिक शत्र २०८० का लागि यस्तो छात्रवृत्ति दिने विद्यालय व्यवस्थापन समितिको निर्णय र छात्रवृत्ति पाएका विद्यार्थीको विवरणसमेत ७ दिन भित्र उपलव्ध गराउन पत्राचार गरिएको नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए । 

नगरपालिकाले पटक–पटक छात्रवृत्तिको विवरण उपलव्ध गराउन पत्राचार गरेपनि विद्यालयहरुले उपलव्ध  नगराएपछि विवरण नदिनेलाई जरिमाना गर्नेदेखि लिएर अनुमति रद्द गर्नेसम्मको चेतावनी दिएको छ । 

‘छात्रवृत्ति विवरण पेश नगर्ने विद्यालयले ७ दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित वितरण गरेको विवरण पेश गर्नुहुन अनुरोध छ । सो समयावधि भित्र पेश नगरेमा नियमानुसार जरिमाना, अनुमति रद्दलगायतका कारवाही हुने व्यहोरा समेत अग्रिम जानकारी गराइन्छ,’ नगरपालिकाले १० साउनमा जारी गरेको सूचनामा भनिएको छ । 

नगरपालिकाका अनुसार पालिकाभित्रका १२ वटा संस्थागत विद्यालयले छात्रवृत्ति विवरण उपलव्ध गराएका छैनन् । 

यसरी विवरण उपलव्ध नगराउनेमा विराट अर्जुन, मिडिल प्वाइन्ट र नवोदय फनमिन इङलिस स्कुल छन् । शिद्धार्थ शिशु सदन, हिमरेश एजुकेशन एकेडेमी, सनराइज एजुकेशन फाउण्डेशन, वेवी लेण्ड इङलिस स्कुल, मंगलदीप एलाइट इङलिस स्कुलले पनि विवरण दिएका छैनन् । 

विवरण उपलव्ध नगराउनेमा हेप्पी किड्स इङलिस स्कुल, ग्रिनउड इङलिस स्कुल, प्राग्ना इङलिस स्कुल र विर्ता एजुकेशन इङलिस स्कुल छन् । 

यस्ताे छ नगरकाे सूचना

birtamod1690518295.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update