Odapalika - The Fourth Estate - चौथो अंग
जिल्ला प्रशासनबाट हुने सूर्याेदयका ६ वटा वडाको काम अब सीमा नाकाबाट

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय इलामबाट हुँदै आएको सुर्याेदय नगरपालिकाका ६ वटा वडा कार्यालयको काम अब सीमा प्रशासन कार्यालयबाटै हुने भएको छ । 

गृह मन्त्रालयले सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट सेवा प्रवाह गर्न क्षेत्र विस्तारको अनुमति दिएसँगै सूर्याेदय नगरपालिकाको वडा नम्बर ६ देखि १४ वडामा बासोबास गर्ने नागरिकहरुले जिल्ला प्रशासनबाट पाउदै आएको सेवा प्रवाह सीमा प्रशासनबाट पाउने भएका हुन् । 

नगरपालिकाले ६ वटा वडाका स्थानीयलाई सेवा प्रवाहमा समस्या भएको भन्दै क्षेत्र विस्तारका लागि गत भदौमा नै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । 

पालिका तथा जिल्ला प्रशासन कार्यालयबाट आएको पत्रलाई आधार बनाएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै क्षेत्र विस्तारको अनुमति दिएका हुन् । 

412889535_7034646083290352_3055539085114285093_n1703416622.jpg

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update