काठमाडौँ । कमलमान सिंहको शब्द, संगीत र स्वरमा रहेको मायालु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा नेपाल राष्ट्र बैंकका निर्देशक सहदेव चन्द र नायिका प्रियंका कार्कीको अभिनय छ । रोमान्टिक गीतमा चन्द र कार्कीले प्रेमिल अभिनय गरेका छन् ।
भोलिको कुरा भुलेर आज जीउनुपर्ने विषयलाई केन्द्रमा रोखेको गीतको एरेन्ज, मिक्स र मास्टरिङ बाबु प्रधानले गरेका हुन् ।
काठमाडौंको दुषित थानी होटल र हात्तीवनका मनोरम दृश्य कैद गरिएको भिडियोलाई रोमन मार्सले खिचेका हन् । कमल मान सिंहकै निर्देशन रहेको भिडियोमा गायक सिंह पनि फिचर्स छन् ।
सिंहकै गीत जिन्दगीमा यसअघि चन्दले अभिनय गरेका छन् । त्यस्तै उनले अभिनाश घिसिङको गीत माथिल्लो लेकमा समेत अभिनय गरिसकेका छन् । इन्जिनियरसमेत रहेका चन्द राष्ट्र बैंकको गैरबैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशक पनि हुन् ।