Odapalika - The Fourth Estate - चौथो अंग
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने 

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले पालिका भित्रका १० जना विद्यार्थीलाई कक्षा ११ मा आइटी अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । 

सिटिइभिटीको उपत्यकाभित्र रहेको एकमात्र आंगिक शिक्षालय महालक्ष्मी बहुप्राविधिक शिक्षालय लामाटारमा आइटी, इन्जिनियरिङ र जियोमेट्रिक इन्जिनियरिङमा कक्षा ११ मा अध्ययन गर्नेलाई छात्रवृत्ति दिने भनेको छ । 

यसका लागि महालक्ष्मी नगरपालिकाभित्र स्थायी बसोवास भएको भने हनुपर्ने मेयर हरिगोविन्द श्रेष्ठले जानकारी दिए । नगरपालिकाले छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीलाई साउन मसान्तभित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिन भनेको छ । 

mahalaxmi nagarpalika1690522633.jpg

नगरपालिकाको छात्रवृत्ति पाउन एसइई पास गरेको हुनुपर्ने, एसइर्ई पास गरेको विद्यालयको शिफारिस, वुबाआमाको नागरिकताको फोटोकपी, बैँकमा खाता खोलेको प्रमाणलगायतका कागजात पेश गर्नुपर्ने बताएको छ । 

नगरपालिकाका अनुसार यो छात्रवृत्ति पाउनका लागि पालिकाभित्रका ४ वटा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीमात्र योग्य हुने छन् । 

नगरका अनुसार इमाडोलमा रहेको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालय, इमाडोलमा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालय, लुभुको लुभु माध्यमिक विद्यालय र लामाटारको महालक्ष्मी बहुप्राविधिक शिक्षालयबाट एसइई पास गरेका विद्यार्थी यो कार्यक्रममा सहभागी हुन पाउने छन् । 

नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत छात्रवृत्ति उपलव्ध गराउँदै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update